आजभन्दा ९८ वर्ष अगाडि गोरखापत्रमा छापिएको त्यो तस्विर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आजभन्दा ९८ वर्ष अगाडि गोरखापत्रमा छापिएको त्यो तस्विर

बि.सं. १९८४ बैशाख १३ गते फोटो पत्रकारहरुको लागी महत्वपूर्ण दिन । यस दिन पहिलो पटक त्यतिबेलाको एकमात्र पत्रिका गोर्षापत्र (गोरखापत्र) मा एउटा तस्विर छापिएको थियो । 

भारतको सावरमतीमा गान्धीको शिष्यको रुपमा रहेका तुल्सीमेहर श्रेष्ठ नेपाल फर्केर आए पछि राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई बिश्वासमा लिइ बि.सं. १९८३ मा एउटा गुठी स्थापना गराएका थिए । नाम थियो "श्री चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी" १९८४ मा यसैको शाखा बिरगंजमा पनि खोलेका थिए । कपासको खेती गर्ने सो बाट धागो काट्ने र धागोबाट कपडा बुन्ने काम सिकाइन्थ्यो । खासगरि गरिव बिधवा र दलित महिलाहरुलाई नै यसमा रोजगारी दिइएको थियो । कति महिलाहरुलाई खाडीको कपडा बुन्न सिकाउन गान्धी आश्रम अहमदाबाद पनि लगेका थिए ।

यसै समाचारलाई प्राथमिकता दिन र चन्द्रशम्शेरलाई कामको अबस्था देखाउन गोर्षापत्रमा तुल्सीमेहरले नियमित लेख लेख्ने गर्दथे । यस्तै क्रममा भाग २७ संख्या २ को विविध विषयको तेश्रो पृष्ठमा कपासको प्रशंसा शिर्षकमा छापिएको लेखको साथ यो तस्विर छापिएको थियो । फोटोको तल क्याप्सनमा लेखिएको थियो, "श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगञ्ज बस्ने सूर्यमती श्रेष्ठनी" । पछि यहि तस्विर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसको रुपमा मनाउन थालियो । 

यसै अवसरमा शुभकामना सम्पूर्ण फोटो पत्रकार मित्रहरुलाई ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।