*आँखा नदेख्नेलाई देखाउने चिप: एलन मस्कको न्यूरालिङ्कलाई "ब्लाइन्डसाइट" विकास गर्न एफडीएबाट अनुमति*

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टेक्नोलोजी कम्पनी न्यूरालिङ्कले ठूलो उपलब्धि हासिल गर्दै अमेरिकाको खाद्य तथा औषधि प्रशासन (FDA) बाट आफ्नो नवीन प्रयोगात्मक उपकरण "ब्लाइन्डसाइट" विकास गर्न अनुमति पाएको छ। न्यूरालिङ्कका अनुसार यो चिपले आँखा नदेख्ने व्यक्तिहरूको दृष्टि पुन:स्थापना गर्न सक्ने दाबी गरिएको छ। 

 

"ब्लाइन्डसाइट" नामक यस उपकरणलाई मानव मस्तिष्कमा प्रत्यारोपण गरी दृष्टि प्रणालीलाई पुनः सक्रिय बनाउने उद्देश्यले डिजाइन गरिएको छ। यो प्रविधिले दिमागमा इलेक्ट्रोडको प्रयोग गरेर आँखा नदेख्नेहरूलाई तस्बिर र प्रकाश महसुस गराउन सक्षम बनाउँछ। न्यूरालिङ्कका संस्थापक एलन मस्कले यसलाई चिकित्सा क्षेत्रमा क्रान्तिकारी उपलब्धि भएको बताएका छन्, जसले भविष्यमा लाखौं दृष्टिविहीन व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउन सक्नेछ।

 

यो परियोजना एफडीएको स्वीकृतिपछि मानव परीक्षणको चरणमा प्रवेश गर्नेछ, र सफल भएमा यो प्रविधि दृष्टिविहीन व्यक्तिहरूका लागि ठूलो आशा बन्न सक्नेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।