बाल योगेश्वर’ को नाममा विजय भन्ठडारीको ठगी, आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

‘बाल योगेश्वर’ को नाममा विजय भन्ठडारीको ठगी, आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी अनुसन्धान

 

विगतमा ठगी आरोपमा जेल सजाय भोगिसकेका विजय भण्डारी, जो हाल ‘बाल योगेश्वर विजय कृष्ण मुर्ति महाराज’ को नामले परिचित छन्, पुनः विवादमा तानिएका छन्। धर्मको आवरणमा करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका महाराजमाथि हाल आत्महत्या दुरुत्साहनको गम्भीर मुद्दा दर्ता भएको छ।

 

सूत्रका अनुसार, महाराज र अर्की महिला निलम शाहविरुद्ध काठमाडौं उपत्यकाभित्रको एक प्रहरी चौकीमा आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी परेको हो। प्रहरीका अनुसार उक्त जाहेरीको आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।

 

विजय भण्डारी विगतमा ठगी सम्बन्धी मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। पछिल्ला केही वर्षदेखि उनले ‘पशुपति कोटी होम’, ‘गण्डकी कोटी होम’ लगायतका नाममा धार्मिक कार्यक्रम गर्दै आएका थिए। ती कार्यक्रममार्फत करोडौं रुपैयाँ संकलन गरेको र साधारण सर्वसाधारणलाई मानसिक तथा आर्थिक रूपमा प्रभावित बनाएको आरोप लाग्दै आएको छ।

 

धार्मिक जागरणका नाममा भेटी संकलन गरी, दुरुपयोग गर्ने गरेका भन्डारीले "कार्यक्रम घाटामा गयो” भनेर रोइकराइसमेत गर्ने गरेका पाईएको छ ।

प्रहरी अनुसन्धानमा दोषी ठहर भएमा दण्ड संहिता अनुसार पाँच वर्षसम्मको कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।

 

यस विषयमा भन्डारीले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।