ओली–देउवा गठबन्धनको जवाफमा नयाँ मोर्चाको तयारी : शेखर, प्रचण्ड, माधव र  अमरेश कुमार सिंह   एउटै धारमा!

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओली–देउवा गठबन्धनको जवाफमा नयाँ मोर्चाको तयारी : शेखर, प्रचण्ड, माधव र  अमरेश कुमार सिंह   एउटै धारमा!

प्रधानमन्त्री केपी शर्मा ओली (नेकपा एमाले) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको आलोपालो प्रधानमन्त्री बनाउने सहमतिपछि त्यसको सन्तुलन गर्न अर्को नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास तीव्र बनेको छ।

विश्वसनीय स्रोतका अनुसार  अमरेश कुमार सिंहले कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै नयाँ मोर्चाको खाका तयार गर्दै छन् । यस मोर्चामा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, तथा कांग्रेसका शेखर कोइराला मुख्य पात्रको रूपमा देखिएका छन्।

संसद्का स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि नियमित रूपमा हुने छलफलमा सहभागी हुँदै आएका छन्। यस गठबन्धनमा हालै सरकारलाई दिएको समर्थन फिर्ता गरेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि समावेश गर्ने तयारी भइरहेको छ। साथै रास्वपालाई समेत यस नयाँ समीकरणमा ल्याउने प्रयास भइरहेका छन्।

स्रोतका अनुसार राप्रपा बाहेकका सबै विपक्षी दलहरूलाई यो नयाँ गठबन्धनमा आबद्ध गराउने प्रयास हुदै छ। यसरी, देशको शक्ति सन्तुलनलाई फेरि परिभाषित गर्न नयाँ मोर्चा उदाउने संकेत देखिन थालेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।